चिकित्सकमै कोरोना सङ्क्रमण भएपछि अस्पताल सबै सेवा बन्द ।

सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।
Sushmita Shah_Abadainik

अस्पतालका अन्य केही कर्मचारीमा समेत कोरोना सङ्क्रमणको लक्षण देखिएकाले पिसीआर रिपोर्ट नआएसम्म अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा अर्को सूचना नआएसम्म बन्द रहने अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

अस्पतालको आकस्मिक सेवा भने निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *