असोज २७ गते,विराटनगर – भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ रहेका छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
गत बुधबार अपरान्ह करिब ४ बजेतिर घर देखि डेढ किलोमिटर टाढा बिक्रिमा रहेको जग्गा देखाउन गएका योञ्जनलाई जग्गा किन्ने बहाना बनाएर आएकाहरुले कुटपिट गरी सिक्री लुटेर भागेका थिए । योञ्जनको उपचारको क्रममा गत बिहीबार मृत्यु भएको थियो ।
Comments