तस्कर र प्रहरीबिच झडप हुँदा दुई प्रहरी जवान घाईते, स्थिती नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर ।

असोज २८ गते,सप्तरी – भारतबाट भन्सार छलेर सामान ल्याउने क्रममा तस्करको समूह र प्रहरीबीच सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १३ मुसहर्नियाँमा मंगलबार राति १० बजेतिर झडप भएको छ ।

तस्करीको सामान आइरहेको भन्ने पूर्वसूचना पाएपछि त्यस ठाउँमा खटिएको जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी कोइलाडी बर्साइनको टोलीले भारतबाट तस्करहरुले सामान ल्याउन लाग्दा प्रहरीले घेरा हालेको थियो ।

त्यस क्रममा तस्करहरुले अन्य स्थानीयलाई बोलाएपछि घरेलु हतियारसहित आएका झण्डै ७० जना भन्दम बढि स्थानियहरु प्रहरीमाथि जाइलागेपछि झडप भएको प्रहरीले जनाएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो ।
Sushmita Shah_Abadainik

स्थानियको घरेलु हतियार प्रहारबाट प्रहरी हबल्दार कमलदेव यादव र प्रहरी जवान दीपेन्द्र साह घाइते भएका छन् । दुवैको टाउकोमा चोट लागेको छ ।

प्रहरीले हवाई फायर गरेपछि तस्करहरु सामानसहित फरार भएको र फरार भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

केहिदिन यता दशैं भित्रिन लागेसंगै भारतिय नाकाहरुमा तस्करी बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *