प्रतिनिधिसभा सांसद सानु शिवाको निधन ।

असोज २८ गते,विराटनगर –   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद सानु शिवाको निधन भएको छ।

पार्टी एकता अघि तत्कालिन एमालेको तर्फबाट समानुपातिक सांसद सिवाको आज विहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले जनाकारी दिए।

Sushmita Shah_Abadainik
नेम्बाङका अनुसार केही वर्षअघि उहाँको मृगौला प्रत्यारोपण गरिएको थियो, तर स्वास्थ्य राम्रै थियो । ‘तीन–चार दिनअघि एक्कासी मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । अकस्मात देखिएको स्वास्थ्य समस्यापछि अस्पताल भर्ना गरिएपनि उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक हुँदै गएकोले उहाँको बुधबार विहान निधन भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *