असोज २८ गते,महोत्तरी – महोत्तरीको मनरासिस्वा नगरपालिका–६ सरपल्लो गाउँमा एकै दिन दुई जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार मङ्गलबार एकै दिन स्थानीय १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको अवस्थामा फेला परेको हो।
सुनिलको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको हो भने खुश्बुको शव उनको घरदेखि पाँच मिटर उत्तरमा रहेको आँपको बगैँचामा झुण्डिएको अवस्थामा फेला परेको जनाइएको छ।
उनीहरू दुवै के–कति कारणले झुण्डिएको अथवा उनीहरुको मृत्यु कसरी भएको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ भने दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ।
Comments