देशभर आज २५ जना नयाँ कोरोना संक्रमित थपिए

जेष्ठ ७ काठमाण्डौं । देशभर आज २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जस मध्य महिला सात जना र पुरुष १८ जना थपिएका हुन् ।

आज बाँकेमा ६ जना मध्य नरैनापुरमै ५ जना र खजुराका एक जना पुरुष  संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । नरैनापुरमा  यस अघि नै एक युवाको ज्यान गएको थियो भने ५९ जना संक्रमित थिए ।

यसै गरी कपिलबूस्तुमा आज एकै दिन ३ बालबालिका र महिला सहित १३ जना संक्रमित भएका छन् । कपिलबस्तुको बिजयनगर क्वारेन्टाईनका तीन पुरुष र महाराजगञ्जमा महिला बालबालिका सहित १० जना संक्रमित थपिएका छन् ।

यस्तै पश्चिम नवलपरासी सुस्ताका एक जना पुरुष पनि संक्रमित भएका छन् ।

यसै गरी धनकुटामा एक महिला सहित ५ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सगैँ देशभर कुल संक्रमितको संख्या ४ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो नयाँ संक्रमित ३ देखि ४८ बर्ष सम्मका रहेका छन् । देशभर हाल सम्म संक्रमित मध्य ३ सय ५८ पुरुष रहेका छन् भने ६९ जना महिला रहेका छन् ।

यसै गरी जम्मा निको भएर घर फर्कनेको संख्या ४५ पुगेको पनि डा. देवकोटाले जानकारी दिए ।
हाल सम्म देशभर ३८ जिल्लामा २१ हजार बढी क्वारेन्टाईनमा रहेका छन् भने आज सम्म पिसिआर विधिबाट परीक्षण हुनेको संख्या ३५ हजार ४ सय ९४ पुगेको छ ।

प्रदेशका हिशाब अनुसार प्रदेश १ मा ५९, प्रदेश २ मा एक सय ३६, बागमतिमा २६,
गण्डकी मा ४, प्रदेश ५ मा एक सय ९६, कर्णाली प्रदेशमा १ र सुदुर पश्चिम प्रदेशमा ४ जना संक्रमितको संख्या रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *