असोज २८ गते,झापा – झापामा एक युवकको हत्या गरि वाँसघारीमा फालिएको अवश्थामा शव फेला परेको छ ।
कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा खोलाको डिलमा रहेको बाँसघारीमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक चौधरीलाई हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले आज बिहान ९ बजे बाँसघारीमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली तत्काल घटनास्थल पुगेको थियो।
शवको प्रकृति हेर्दा कसैले हत्या गरी फालेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।
चौधरीको अनुहारमा धारिलो हतियार प्रहार गरेकोले घटना रहस्यमय बनेको र घटनाको बिषयमा अनुसन्धान सरु भएको प्रहरीले जनाएको छ ।
Comments