नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १८ हजार पुग्न लाग्दा ८० हजार भन्दा बढि निको भए ।

असोज २८ गते,विराटनगर – गएको २४ घन्टामा नेपालमा थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधवार प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

Sushmita Shah_Abadainik

यो संगै देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ जना पुगेको छ । जसमा १४ हजार ८ सय १९ जना संस्थागत आइसोलेशनमा छन् भने २१ हजार ५ सय ४८ जना होम आइसोलेशनमा छन् । त्यस्तै ४ हजार ६ सय ६२ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार १ सय ७४ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८० हजार ९ सय ५४ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ७५ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *