२४ घण्टा नवित्दै विराटनगरमा तीन जनाको मृत्यु ।

असोज २९ गते,विराटनगर –   पछिल्लो २४ घण्टामा विराटनगरमा तीन जनाको मृत्यु भएको छ ।

विराटनगरको विराट नर्सिङ होममा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik

मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको हो । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

विराटनगरका पुरुषलाई पीसीआर परीक्षण गराउँदा असोज २१ गते रिपोर्ट पोजेटिभ आएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उनको बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको हो । मृतकमा मधुमेहको समस्या थियो ।

सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको थियो । उनको बुधबार राति ९ बजेतिर मृत्यु भएको छ । मृतकमा मधुमेह, उच्च रक्तचापलगायत समस्या थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *