धरानको बिपी प्रतिष्ठानमा २४ घण्टा नवित्दै पाँचजनाको मृत्यु ।

असोज २९ गते,धरान –  पछिल्लो २४ घण्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच जनाको मृत्यु भएको छ ।

अस्पतालका अनुसार धरान उपमहानगरपालिकाका एक महिला एक पुरुष, इटहरी उपमहानगरपालिकाका एक महिला र तेह्रथुमका दुई पुरुषको मृत्यु भएको हो ।

Sushmita Shah_Abadainik

तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार विहान ७ः१५ मा मृत्यु भएको हो । मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका विरामीमा रहेका पुरुषमा १० असोजमा संक्रमण पुष्टि भएको थियो । विरामीलाई ११ असोजमा प्रतिष्ठानको कोभिड -१९ अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको थियो ।

त्यस्तै इटहरी उपमहानगरपालिका २० की ७५ वर्षीया बृद्धाको बिहीबार विहान १२ः५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उच्च रक्तचाप भएकी वृद्धामा २८ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरि बीपी प्रतिष्ठानमै धरान उपमहानगरपालिका–९ का दुई जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको प्रयोगशालामा २५ असोजमा संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको बुधबार राति ११ः५५ मा मृत्यु भएको छ । उनी २८ असोजमा अस्पताल भर्ना भएका थिए ।

अर्की धरान-९ कै ४४ वर्षीया महिलाको समेत बुधबार अपरान्ह साढे ३ बजे मृत्यु भएको छ । धरान- ९ का महिला र पुरुषमा दीर्घरोगको समस्या थिएन । महिलालाई २७ असोजमा कोरोना पोजेटिभ देखिएको थियो ।

यसैगरी तेह्रथुम दाङ्पा– १ का ४९ वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको छ । २६ गते कोरोना पोजेटिभ देखिएका पुरुषमा निमोनियाको समस्या थियो । २५ असोजमा इमरजेन्सीमा भर्ना भएका उनको बुधबार बेलुका सात बजे इमरजेन्सीमै मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *