बालकले अन्जानमा सामाजिक संजालमा सार्वजनिक गरेको तस्विरका कारण ११ जना पक्राउ ।

असोज २९ गते, बाग्लुङ –  बाग्लुङमा ११ थान बन्दुकसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् ।

अभिभावकको मोबाइल फोन चलाएका एक बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीले देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले राति नै खानतलासी गरेको थियो ।

Sushmita Shah_Abadainik

प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोलीले बन्दुकसहित नियन्त्रणमा लिइएकाहरुको बयानका आधारमा गाउँमा थप बन्दुकहरु पनि लुकाइएको आशंकामा खानतलासी गर्दै आएको छ ।

बिना इजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *