सेवाग्राहीबाटै बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार ।

असोज २९ गते, विराटनगर –  आज मध्यबानेश्वरको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट घाईते सुरक्षागार्डको हातमा चोट लागेको छ ।

बैंकमा पुगेका एकजना सेवाग्राहीले सामान्य विवादमा सुरक्षा गार्ड रुद्रबहादुर मगरको खुकुरी खोसेर प्रहार गरेका हुन् ।

Sushmita Shah_Abadainik

खुकुरी हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाउको छ । प्रहरीका अनुसार सेवा प्रवाहको विषयमा झगडा भएको थियो ।

घाइते मगरको अहिले बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *