एकैदिन नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३५६४ जना निको भए ।

असोज २९ गते, विराटनगर –   गएको २४ घन्टामा नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहिवार प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।

Sushmita Shah_Abadainik

यो संगै देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ जना पुगेको छ । जसमा १२ हजार ३ सय ३९ जना संस्थागत आइसोलेशनमा छन् भने १९ हजार ३ सय ५८ जना होम आइसोलेशनमा छन् । त्यस्तै ४ हजार ८ सय ३६ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ५ सय ६४ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८४ हजार ५ सय १८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ९४ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *