असोज ३० गते, विराटनगर – शुक्रबार विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका- ३ बुद्धचोक निवासी ६५ वर्षीय पुरुष रहेका छन् ।
उच्च रक्तचापको समस्याबाट ग्रसित उनमा बुधबार कोरोना पोजेटिभ देखिएको थियो ।
संक्रमित पुरुषको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।
Comments