मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु ।

असोज ३० गते,सप्तरी
सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका–११ बिसहरियाका २९ वर्षीय नरेश साह रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

गएराति भएको सो दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको बोदेवर्साइनस्थित जीवनदीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको स ८ प ८४८१ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ त ३७०१ नं को मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

Sushmita Shah_Abadainik

मृतक हकिम स८प ८४८१ नं को मोटरसाइकलमा पछाडी सवार थिए । उक्त मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका–१० बनौलीका २२ वर्षीय गुड्डु अन्सारी गम्भीर घाइते भएका छन् ।

त्यस्तै अर्का मृतक खडक नगरपालिकाका–११ बिसहरियाका साह प्रदेश २–०१–००१ त ३७०१ नं को मोटरसाइकलका चालक हुन् । उक्त मोटरसाइकलमा पछाडी सवार उनकी २६ वर्षीया पत्नी सुनिता साह गम्भीर घाइते भएकी छिन् । घाइतेको उपचारका लागि विरागटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *