पछिल्लो २४ घन्टामा नेपालमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि,२१ जनाको मृत्यु ।

असोज ३० गते,विराटनगर –   गएको २४ घन्टामा नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रवार प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

Sushmita Shah_Abadainik
यो संगै देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ जना पुगेको छ । जसमा १२ हजार ३ सय ३६ जना संस्थागत आइसोलेशनमा छन् भने २५ हजार ४६ जना होम आइसोलेशनमा छन् । त्यस्तै ४ हजार ८ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *