‘बलात्कारी संगठन’ नाम रखेर फेसबुक ग्रुप चलाउने एकजना पक्राउ ।

असोज ३० गते, विराटनगर –   नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत छन् ।  उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याइएको प्रहरीले जनाएको छ ।

Sushmita Shah_Abadainik
बढ्दो बलात्कार र महिला हिंसाका घटनासँगै यसको विरोधमा पछिल्लो समय प्रदर्शनहरु भएका थिए । केही समयअघि अधिकारकर्मीले काठमाडौंमा ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर प्रदर्शन गरेसंगै ग्रुपमा अश्लील विषयहरु लेखे पछि यस विषयले सामाजिक सञ्जालमा सर्वत्र चर्चा पाएको थियो ।

बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिको हत्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको बताए ।

तर उनले बलात्कार सम्बन्धी ग्रुप किन खोले भन्ने अझै खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *