नव निर्मित अमर प्रहरी स्मारकको अनावरण ।

कार्तिक १ गते,बिराटनगर –  १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गरिएको छ ।

Sushmita Shah_Abadainik

शुक्रवार विहान ८ बजे एक विशेष कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गर्नु भएको हो ।

पुरानो अमर प्रहरी स्मारक नयाँ बनिरहेको प्रदेश प्रहरी कार्यालयल भवनको मास्टर प्लान अनुसार नभई अन्यत्र रहेकोले मास्टर प्लान अनुसारको स्थानमा चार फिट उच्चाई भएको नयाँ र ब्यवस्थित अमर प्रहरी स्मारक निर्माण गरी आज प्रहरी नायब महानिरीक्षक ईश्वर बाबु कार्कीले अनावरण गर्नु भएको हो ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक लगायतका प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *