कार्तिक २ गते ,विराटनगर – राष्ट्रिय प्रजातान्त्रिक पार्टी ( राप्रपा ) का अध्यक्ष कमल थापा शुक्रबार ओम अस्पताल भर्ना भएका छन् । थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएसगै होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएपछि अस्पताल भर्ना गरिएको हो ।
उनको आईसीयूमा उपचार भइरहेको र हाल ज्वरो नियन्त्रणमा आउनुका साथै श्वासप्रश्वासमा देखिएको समस्यामा समेत सुधार भएको अस्पतालले जनाएको छ
Comments