कार्तिक २ गते ,कैलाली – कैलालीमा ड्युटीमा खटिएका एक जना असईको हत्या भएको छ । उनी सँगै गस्तीमा रहेका हबल्दार भने बेपत्ता भएका छन् ।
जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
असईको शव बर्दिमै रहेको अवश्थामा मोहना नदीमा फेला परेको छ ।
कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ।
Comments