स्कारपियो दुर्घटनामा हुँदा ५ जनाको घटनास्थलमै मृत्यु,तीन गम्भिर घाईते ।

कार्तिक २ गते ,उदयपुर – भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो शनिबार राति ११ः५५ बजे सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा दुर्घटना भएको छ ।स्कारपियो सडकबाट करिब ९०० मिटर तल खसी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
ब्रेक फेल भएर स्कारपियो दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

Sushmita Shah_Abadainik

दुर्घटनामा घटनास्थलमै मृत्यु भएकामध्ये ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको पहिचान भएको छ भने अन्य २ पुरुष र १ महिला गरि तीन जनाको पहिचान हुन सकेको छैन ।

दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । घाइतेलाई कटारी अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *