लागूऔषध ब्राउन सुगरसहित सप्तरीमा दुईजना युवक पक्राउ ।

कार्तिक २ गते , सप्तरी –  सप्तरीमा लागूऔषध ब्राउन सुगरसहित दुईजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ७ बस्ने १९ वर्षीय निरज शर्मा र २७ वर्षीय भरत शर्मा छन् ।

स.७ प १८६५ नम्बरको मोटरसाइकलमा सवार यी दुवैलाई अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ बकधुवास्थित भित्री सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Sushmita Shah_Abadainik

इलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट १० ग्रामको दरले ५ वटा पोका बनाइएको अवस्थामा ५० ग्राम ब्राउन सुगर बरामद भएको छ ।

पक्राउ पर्ने दुवैलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *