वीर अस्पतालका कर्मचारी आन्दोलित,पदाधिकारीको कोठामा लगाए ताल्चा ।

कार्तिक २ गते , काठमाडौं  –   कोभिड–१९ को उपचारमा खटिएवापतको र दसैँभत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान९न्याम्स०का पदाधिकारी भएको कोठामा ताल्चा लगाएका छन् ।आन्दोलनमा चिकित्सक, नर्स र अन्य कर्मचारी गरी डेढदेखि दुई सय जना सहभागी छन् ।

आफ्नो माग सम्बोधन नभएको र यस बिषयमा कुरा गर्न पनि नचाहेपछि ताला लगाएको आन्दोलनमा सहभागी डाक्टरहरुको भनाई छ । आन्दोलनकारीले ताल्चा लगाएपछि न्याम्सका पदाधिकारीहरु वाहिर निस्कन पाएका छैनन् ।

Sushmita Shah_Abadainik

१५ दिनपहिले कोभिड– १९ संक्रमितको उपचारमा खटिएवापतको भत्ता, उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उचित सुरक्षा सामग्री उपलब्ध गराउन लिखित रुपमा पत्र दिएता पनि
अहिले सम्म उक्त मागको सुनुवाइ नभएपछि आफुहरु आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् । फ्रण्टलाइनमा काम गर्ने वीरका कुनै पनि कर्मचारीले अहिलेसम्म कोभिड भत्ता पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *