विराटनगरमा ६५ बर्षिय पुरुषमा संक्रमणकोरोना संक्रमण पुष्टि

नेपालमा आज थप एकजनाका कोरोना संक्रमण देखिएको छ । कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार गराइरहेका ६५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनको अस्पतालको आइसोलेसनमा राखेर उपचार भैरहेको छ । संक्रमित पुरुष उदयपुरका भएको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ पुगेको छ ।

शुक्रबार मात्रै एकै पटक १४ जनामा संक्रमण देखिएको थियो । उदयपुरमा १२ र चितवनमा दुई जनामा संक्रमण देखिएको थियो । संक्रमितमध्ये तीन जना उपचारपछि घर फर्केका छन । बाँकीको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । स्वास्थ्यमन्त्रालयका प्रवक्ताका अनुसार हालसम्म देशभर २७ हजारभन्दा धेरै परीक्षण भइसकेको छ । हाल देशभरिमा क्वारन्टीनमा ४५३६ जना अनि आइसोलेसनमा ११७ जना रहेका छन । देशमा सङ्क्रमण पुष्टि भएका मध्ये टेकु अस्पतालमा अब १ जना, पाटन अस्पतालमा २ जना, धनगढीमा ५ जना, वीरगञ्जमा ४ जना, विराटनगरमा १३ जना, भरतपुरमा २ जना र वाग्लुङ्गमा १ जना उपचाररत छन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *