सार्वजनिक सवारीमा यात्रा गर्दा फेस सिल्ड (भाइजर) अनिवार्य,भाडादर साविककै हुने ।

कार्तिक २ गते,विराटनगर –   अब सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले पनि अनिवार्य रुपमा फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोक्न पाउने निर्णय गरेसंगै बसका सबै सिटमा यात्रुहरु बस्न थालेका छन् । जसका कारण यात्रुहरुबिच भौतिक दूरी कायम हुन नसक्ने भएकाले फेस सिल्ड अनिवार्य गरिएको विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालले बताए । विभागका अनुसार बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने छ ।

Sushmita Shah_Abadainik

सार्वजनिक सवारीबाट महामारी फैलिने जोखिम कम गर्न बसमा यात्रा गर्दा जसरी माक्स अनिवार्य रुपमा छ त्यसै गरि फेस सिल्ड पनि अनिवार्य रुपमा लगानुपर्ने छ ।

यात्रुले आफ्नो स्वास्थ्यप्रति सचेत हुन, मास्क लगाउने, स्यानिटाइजर पनि लगाइराख्ने र फेस सिल्ड अनिवार्य रुपमा प्रयोग गर्नेलगायतका सावधानी अनापनाउन समेत विभागले सर्वसाधरण लाई भनेको छ ।

अहिले विमानमा पनि फेस सिल्ड अनिवार्य गरिएको छ । विभागले फेससिल्ड प्रयोग गर्नेपर्ने लगायतका नियमहरु परिमार्जन गरेर निर्देशिका जारी गर्ने तयारी समेत गरेको छ ।

विभागले सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नर्तिन यात्रुलाई आग्रह गरेको छ । सरकारले यसअघि आधा सिटमा मात्रै यात्रु बोक्दा साविकको भाडाममा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो । तर, विभागले एक सूचना जारी गर्दै सो नियम खारेज भइसकेको र साविककै दरमा भाडा लिनुपर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *