टिपरले साइकल यात्रुलाई ठक्कर दिँदा एकको मृत्यु,एक गम्भिर घाईते ।

कार्तिक २ गते,दाङ- आइतबार दिउँसो पौने १ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत भालुवाङ बजारदेखि एक किलोमिटर पूर्व अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ मा टिपरले साइकल यात्रुलाई ठक्कर दिँदा साइकलमा सवार छोरीको मृत्यु भएको छ भने बाबु गम्भीर घाइते भएका छन्।

Sushmita Shah_Abadainik

पूर्वतर्फ जाँदै गरेको रा १ ख २०२१ नम्बरको टिपरले साइकलमा भालुवाङतर्फ आउँदै गरेका बाबु-छोरीलाई ठक्कर दिँदा दाङको गढवा गाउँपालिका- १ जुराउनीका २४ वर्षीया छोरी जमुना कुमालको मृत्यु भएको छ भने उनका बाबु ५७ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परि गम्भिर घाइते भएकी जमुनाको उपचारका लागि लमहीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र गम्भीर भाइते बुद्धिरामलाई उपचारका लागि लमही पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *