आफ्नै बुबालाई हत्या गरेर घर भित्रै गाड्ने दुई दाजुभाई

आफ्नै बुबालाई हत्या गरेर घर भित्रै गाड्ने दुई दाजुभाईलाई जिल्ला प्रहरी कार्यालय मोरंगले पत्रकार सममेलन गरी सार्वजनीक गरेको छ । विराटनगर महानगरपालिका–१४ झटियाइमा हत्या गरेर आफ्नै घर भित्र गाडेको अवस्थामा बुधबार साँझ एक पुरुषको शव फेला परेको थियो । घर भित्रै खनेर पुरेको अवस्थामा ५५ वर्षीय सिताराम चौहानको शव फेला परेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।
जेठा छोरा लागुऔषध दुवेशनीको सिकार रहेको समेत प्रहरीले जनाएको छ ।

एसपी अधिकारीका अनुसार हत्या गरेर चौहान सुत्ने खाटकै साइटमा लगभग दुईरतीन फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको हो। एस्पी अधिकारीका अनुसार सितरामका तीन छोरा थिए। उनी जेठो छोरो २९ वर्षीय रोहित चौहानसँग घरमा बस्दै आएका थिए। माइलो छोरो नागेन्द्र बिहे गरेर श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे। कान्छो छोरो भने चार÷पाँच वर्षदेखि वेपत्ता रहेको र अहिलेसम्म परिवारको सम्पर्कमा नरहेको पाइएको प्रहरीको भनाइ छ।

जेठो छोराको भने बिहे भएको छैन। सत्यराम बेलाबखत माइलो छोराको डेरामा पनि पुग्ने गरेका थिए। प्रहरीका अनुसार बुवा आफ्नोमा नआएको लामो समय भएको भन्दै माइलो छोरो नागेन्द्रले सुरुमा बुवाको मोबाइलमा फोन गरे। फोन नगलागेपछि साँझ उनी बुवा र दाजु बस्ने घरमा पुगेको पाइयो। ढोका र झ्यालसमेत नलगाएको तथा सबैतिर खुलै छाडिएको घरमा उनले दाजु र बुवालाई नभेटेपछि घर भित्र पसेर हेर्दा बुवा सुत्ने खटियामुनी खनेको देखेपछि प्रहरीलाई जानकारी गराएको बताए । प्रहरी घरमा पुग्दा जेठो छोरो रोहित घरमा थिएनन्। रक्सीले मातेको अवस्थामा केहीबेरपछि आइपुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रक्सीको नसामा रहेका उनले आफू घरमै रहे पनि दिनभर काममा जाने र केही दिनदेखि बुवालाई आफूले समेत नदेखेको प्रहरीलाई बताएका थिए। एसपी अधिकारीकाअनुसार शव एवं घटनास्थलको अवस्था हेर्दा चार÷पाँच दिन अघि नै हत्या गरेर पुरेको जस्तो देखिएपछि उत्खन्न गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *