पछिल्लो २४ घन्टामा नेपालमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि, १२जनाको मृत्यु ।

कार्तिक २ गते,विराटनगर –  गएको २४ घन्टामा नेपालमा थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतवार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।

Sushmita Shah_Abadainik

यो संगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ जना पुगेको छ । जसमा १२ हजार ९ सय ३३ जना संस्थागत आइसोलेशनमा छन् भने २६ हजार ४ सय ८ जना होम आइसोलेशनमा छन् । त्यस्तै ४ हजार ८ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ३ सय २६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९२ हजार १ सय ६६ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ३९ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *