करेन्ट लागेर सुनसरीमा एकको मृत्यु ।

 

कार्तिक २ गते,सुनसरी – सुनसरी दुहबी-२ मा बसोबास गर्ने बस्ने ४५ बर्षीय शिव नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik

आज विहान ११ बजे खनार स्थितमा घरको ईटा जोड्ने क्रममा नजिकै रहेको बिजुली तार सट भई करेन्ट लाग्दा चौधरी वेहोस भएका थिए ।
वेहोस भएका चौधरीको बिराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मृतक चौधरी घर बनाउने मिस्त्री रहेको खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *