कार्तिक ३ गते,विराटनगर – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका काँधमा सरकारको प्रवक्ताको जिम्मेवारी समेत आएको छ । बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद्ले गुरुङलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता थिए । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुन् ।
प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदमुक्त भएपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । उनी पनि पदमुक्त भएपछि परराष्ट्रमन्त्री ज्ञवाली प्रवक्ता बने ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्यसपछि उनलाई प्रवक्तासमेत तोकिएको छ ।
Comments