कौडा खेलिरहेको अवस्थामा १२ जना जुवाडे पक्राउ ।

विशेष सूचनाको आधारमा आइतबार राति करिब ११ बजे कौडा खेलिरहेको अवस्थामा गोरखा नगरपालिका–४ पन्थेस्वाँराबाट १२ जना जुवाडे पक्राउ परेका छन् ।

उनीहरुको साथबाट करिब डेढ लाख नगद र ३९ वटा कौडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

Sushmita Shah_Abadainik

चाडबाड नजिकिएसँगै जुवातास नियन्त्रणका लागि निगरानी बढाइएको गोरखा प्रहरीले जनाएको छ । जुवातास नखेल्न आग्रह गर्दै प्रहरीले खेलेको पाइएमा कानून अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

पक्राउ पर्नेहरुलाई जुवा ऐन अन्तरगत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *