एक महिना अघिदेखि हराएका तथा चोरि भएका ३८ थान मोवायल फेला पारी प्रहरीले सम्बन्धीत धनिलाई बुझायो ।

कार्तिक ३ गते,विराटनगर –   ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ३८ थान मोवायल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ ।

Sushmita Shah_Abadainik

आफ्ना मोवायल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा गत महिना देखी हाल सम्म करिव १८ लाख ५५ हजार ८ सय मुल्य बराबरका ३८ थान मोवायल सेट फेला पारी आजै सम्बन्धीत धनीहरुलाई बुझाएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा ऋम्च् शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ३ सय ३४ थान मोवाईल सेटहरु फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *