पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु ।

कात्तिक ४ गते,उदयपुर – उदयपुर चौदण्डिगढी-१० देबधार बस्ने ९ बर्षीय बिक्रम चौधरीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik
हिजो अपरान्ह ४ बजे सोही स्थानमा रहेको देबधार खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको भनि आफन्तले राती ९ बजे ईलाका प्रहरी कार्यालय बेल्टारमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली घटनास्थलमा पुगि कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *