छतबाट लड्दा नाबालकको मृत्यु ।

कात्तिक ५ गते,ओखलढुंगा –  ओखलढुंगा मानेभञ्ज्याङ- ७ हर्कपुर बस्ने प्रदिप कार्कीको दुई बर्षीय छोरा प्रमेश कार्कीको लडेर मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik

आज विहान साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा छतबाट एक्कासी लड्दा प्रमेश वेहोस भएका थिए ।

वेहोस भएका प्रमेशको स्थानीय अस्पतालमा उपचारको क्रममा साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *