राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रानीपोखरीको उद्घाटन ।

कात्तिक ५ गते,काठमाडौं – मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको रानीपोखरीको बुधवार  राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ ।

Sushmita Shah_Abadainik

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि विभिन्न तिर्थस्थलबाट ल्याइएको जल रानीपाखेरीमा हालेर उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता रहेको थियो ।

२०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *