प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ ।

कात्तिक ५ गते,सुनसरी –   सुनसरी कोशी गाँउपालिका-१ स्थित एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा कोशी गाँउपालिका-५ का ३८ बर्षीय अशोक यादव र जिल्ला सुपौल त्रिवेणि ग्रामपञ्चायत १ का २२ बर्षीय सन्तोष कुमार यादव रहेका छन ।

Sushmita Shah_Abadainik

विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले को १७ प २८१९ नम्बरको मोटरसाईकलमा आइरहेका अशोक र अर्का भारतिय नागरिक सन्तोषलाई आज विहान ६ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ३५ बोतल डाईलेक्स डिसी र १०८० स्पास्मो प्रोक्सिभन ट्याब्लटे फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *