कात्तिक ५ गते,विराटनगर – प्रतिनिधि र राष्ट्रिय सभाका सांसदहरूले महामारीका बेला दसैं भत्ता लिएको भन्दै आलोचना भईरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापतको रकम प्रदान गरेकी छन् ।
राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापत प्राप्त हुने रकम प्रदान गरेको जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषदका सबै सदस्यले पनि दसैं भत्ता कोषमा जम्मा गरेका छन्।
Comments