कात्तिक ६ गते,विराटनगर – प्रतिनिधी तथा सांसदहरुले दशैं भत्ता लिएकोमा चौतर्फी बिरोध भएपछि यतिबेला दशैभत्ता फिर्ता गर्नेको होड नै चलेको छ । यसै क्रममा अर्को नाम पनि थपिएकोे छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले यस आर्थिक वर्षका लागि प्राप्त चाडपर्व खर्च वापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गर्नुभएको छ ।
उपराष्ट्रपतिले सो कोषमा यसअघि पनि एक महिनाको तलव वापतको रकम जम्मा गरिसक्नु भएको छ ।
यसअघि हिजो मात्र राष्ट्रपति विद्यादेवि भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापतको रकम प्रदान गर्नुभएको छ ।
Comments