घुस लिएर भारतीयलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ ।

कार्तिक १४ गते,धनगढी-  कैलालीमा एक लाख घुस लिएर परिवारको नक्कली सदस्य बनाई भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर -१२ का अध्यक्ष गणेशप्रसाद जोशी, भारतीयका नक्कली दाजु बनेका खुसीराम चौधरी र भाउजू बनेकी गीता चौधरी रहेका छन् ।

वडाध्यक्ष जोशीले २०७५ साल फागुन २० गते भारतका अलियास अन्सारीलाई नगद एक लाख लिएर वंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको प्रहरीले जनाएको छ ।

Sushmita Shah_Abadainik

वडा नम्बर- १२ हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर वडाध्यक्ष जोशीले भारतीय नागरिक अन्सारीलाई सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अन्सारीका नक्कली दाजु- भाउजुलाई प्रहरीले पक्राउ गरेता पनि बुवा बन्ने पुनिराम चौधरी भने फरार रहेका छन् ।

भारतीय नागरिक अन्सारीले चौधरी परिवारलाई १ लाख रुपैयाँ दिएर आफ्नो परिवारका नक्कली सदस्य बनाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तिनै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *