कार्तिक १४ गते,तनहुँ – तनहुँको व्यास नगरपालिका ४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पर्साको पटेर्वा सुगौली गाउँपालिका २ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाले पैसा लुट्न एटीएमको पिनहरू स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
उनको साथबाट प्रहरीले लागू औषध १ सय ३५ ट्याब्लेट नाइट्राभेट पनि बरामद गरेको छ । उनले प्रयोग गरेको ग ११ प ९९६५ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको र अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ ।
Comments