भिटेनलाई पक्राउ आदेश जारी भएपछि भिटेनले प्राइभेट गरे भिडि‌ओ ।

कार्तिक १४ गते,विराटनगर –   भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडि‌ओ प्राइभेट गरेका छन्।

बिहीबार दिउँसोसम्म युट्युबको टेन्ड्रिङमा पहिलो नम्बरमा रहेको भिडिओ साँझबाट हराएको छ।   भिटेनको युट्युब च्यानल भिटेन म्युजिकमा १० लाख बढी सब्क्राइबर छन्। उक्त च्यानलमा जाँदा अहिले भिडिओ बजाउन मिल्दैन।

भिटेनले एक साताअघि युट्युबमा ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए। उक्त भिडिओमा प्रयोग भएका शब्द सभ्य समाजले पचाउन नसक्ने खालका भएको र प्रहरीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने खालको आपत्तिजनक शब्द प्रयोग भएको भन्दै कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखेको थियो।

Sushmita Shah_Abadainik

यसअघि पनि र्‍यापका विषयमा भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो।
आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा उनलाई भिडिओ डिलिट गर्न लगाइ बिनाकारबाही रिहा गरेको थियो।

भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिएको र प्रहरीलाई साइबर ब्युरो प्रधान कार्यालयले लेखेको चिठी प्राप्त भइसकेको जनाएको छ ।

‘चिठी आइसकेकोले त्यो भिडिओ कुन अवस्थामा कसरी खिचिएको वा सार्वजनिक गरिएको हो, को(को संलग्न छन्, भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

केही दिनअघि सार्वजनिक भएको भिटेनको उक्त भिडिओ अहिले नेपालको युट्युबमा टेन्ड्रिङको पहिलो नम्बरमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *