गएको २४ घन्टामा नेपालमा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु ।

कात्तिक १४ गते,विराटनगर – गएको २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रवार मन्त्रालयको नियमित जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।
Sushmita Shah_Abadainik

यो संगै देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ जना पुगेको छ । जसमा २ हजार ६ सय ६६ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ९६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *