मोटरसाईकल दुर्घटनाबाट दुई जनाको मृत्यु ।

कात्तिक १६ गते,सुनसरी –  सुनसरी रामधुनी -२ शिवनगर स्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी -२ शिवनगरका २४ बर्षीय निमेश चौधरी र मोटरसाईकल पछाडी सवार रहेका सोही स्थानका २३ बर्षीय जिवन चौधरी रहेका छन ।

Sushmita Shah_Abadainik

हिजो राती साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसाईकलले साईडमा रोकि राखेको को २ त ९८७६ नम्बरको ट्याक्टरको टलीमा ठोकीएर दुर्घटना हुदा मोटरसाईकल चालक निमेश र पछाडी सवार जिवन गम्भिर घाईते भएका थिए ।
उनिहरुको घोपा धरानमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याक्टर नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *