खैरोहिरोईन ब्राउनसुगर सहित भारतिय नागरिक पक्राउ ।

कात्तिक १६ गते,झापा – झापाको मेचीनगर नगरपालिका- ६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित भारतिय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दार्जिलिङ पश्चिम बङ्गाल खोरोबारीका २५ बर्षीय साधिक आलम रहेका छन् ।
Sushmita Shah_Abadainik

लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आलमलाई हिजो अपरान्ह पौने ४ बजे नियन्त्रणमा लिएका थियो ।  नियन्त्रण पश्वात उनि माथि चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाई छिपाई राखिएको २६ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रही कार्यालयले झापाले जनाएको छ ।

पक्राउ परेका आलम उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *