जुवा खेलिरहेको अवश्थामा पूर्व राज्यमन्त्री राय पक्राउ ।

कात्तिक १६ गते,काठमाडौं –  पूर्व राज्यमन्त्री खोभारी राय जुवा खेलिरहेको अवश्थामा पक्राउ परेका छन् ।   महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित अन्य १० जनालाई जुवा खालबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, विक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत भण्डारी, कान्छा तामाङ, धर्मलाल तामाङ लगायत रहेको प्रहरीले जनाएको छ ।

Sushmita Shah_Abadainik

प्रहरीले उनीहरुको साथबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको छ ।

खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए ।  २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *