कोरोना संक्रमणका कारण काँग्रेसका महासमिति सदस्य मण्डलको निधन ।

कात्तिक १६ गते, विराटनगर –  कोरोना संक्रमणका कारण बारामा नेपाली काँग्रेसका महासमिति सदस्य मदन मण्डलको निधन भएको छ । बारा आदर्शकोतवाल गाउँपालिका निवासी मण्डलको गएराति निधन भएको हो ।

Sushmita Shah_Abadainik

श्वास प्रश्वासमा समस्या देखिएपछि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भएका मण्डलमा शनिबार कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मण्डलको निधन भएको हो ।

मण्डल उच्च रक्तचाप र श्वास प्रश्वासका बिरामी रहेका थिए ।

मण्डलको निधनप्रति नेपाली काँग्रेस पार्टीले दुःख व्यक्त गरेको छ । पार्टीले निकालेको शोक वक्तव्यमा पार्टी सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना र मृतकको आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *