बेलायतमा दोस्रो पटक देशव्‍यापी लकडाउन घोषणा ।

कात्तिक १६ गते, विराटनगर –   कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि बेलायतले दोस्रो पटक देशव्‍यापी बन्दाबन्दी (लकडाउन) घोषणा गरेको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलन गरी आगामी विहीबारदेखि एक महिनाका लागि लकडाउन घोषणा गरिएको जानकारी दिएका थिए ।
तर यसपटकको लकडाउनमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द नहुने र अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने छ। हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–वे पसलहरू भने खुल्ने बताइएको छ ।

Sushmita Shah_Abadainik

यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो ।

पछिल्लो पटक कोरोना सङ्क्रमणको सङ्ख्या एक्कासि बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालाहरूसँग करिब तीन हप्ता गरेको छलफलबाट बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो ।

आगामी डिसेम्बर २ तारिखपछि स्थिती सहज बनाउनका लागि लकडाउन अलि खुकुलो बनाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *