टिपर दुर्घटनामा परि चालकको मृत्यु ।

कार्तिक १८ गते,संखुवासभा –    संखुवासभाको मकालु गाउँपालिका ५ मा भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
उक्त स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजनाका कार्यरत सिमरा जितपुर उप महानगरपालिका बस्ने ३६ बर्षीय सम बहादुर योन्जन तामाङको मृत्यु भएको हो ।

Sushmita Shah_Abadainik

आईतवार राती ११ बजेको समयमा फाक्सिन्दा दोभानबाट बालुवा लिई फर्कदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर अचानक दुर्घटना भई रोड देखि करिव ४०० मिटर तल अरुण नदिको किनारामा खस्दा टिपर चालक तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *