कार्तिक १८ गते,विराटनगर – विराटनगरको न्युरो अस्पतालको कोभिड- १९ अस्पतालमा मंगलबार बिहान दुईजना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर-११ का ४९ वर्षीय पुरुष र धरान-१५ का ६३ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
असोज २७ गते कोरोना पोजेटिभ देखिएका धरानका पुरुष कात्तिक १२ गते अस्पताल भर्ना भएका थिए । उनको मंगलबार बिहान ३ः३० बजे मृत्यु भएको हो ।
असोज २७ गते नै कोरोना पोजेटिभ देखिएका विराटनगरका पुरुष कात्तिक १४ गते अस्पताल भर्ना भएका थिए । उनको आज विहान ३ः५० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।
Comments