अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै ।

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ। अमेरिकी व्यवस्थामा चुनावी वर्ष नोभेम्बर ३ मा राष्ट्रपतिका लागि मतदान हुने निती अनुसार आज मतदान हुन लागेको हो ।

यसपटक रिपब्लिकन पार्टीबाट राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट जो बाइडेन मैदानमा छन् । बाइडेन बाराक ओबामाका पालामा उपराष्ट्रपति रहेका थिए ।

विभिन्न सर्वेक्षणहरूले राष्ट्रपतिमा बाइडेन प्रमुख दावेदार मानिन्छन् ।। यसअघि सन् २०१६ मा भएको चुनावमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पसंग हारेकी थिइन्।

Sushmita Shah_Abadainik

४ वर्षअघि ट्रम्पले संस्थापनविरोधी नारा दिएर चुनाव जितेका थिए। अमेरिकालाई फेरि महान् बनाउने उनको वाचा थियो। आप्रवासीप्रति कडा नीति, महिला, मुस्लिम र अल्पसंख्यकप्रति असहिष्णु, अन्तर्राष्ट्रिय मित्र राष्ट्रसँग परामर्श बिनै पेरिस जलवायु सम्झौतादेखि इरानको आणविक सम्झौताबाट बाहिरएका ट्रम्पले पछिल्लो समय कोरोना महामारीमा प्रभावकारी काम गर्न नसकेको डेमोक्र्याटिकहरूको आरोप छ। अमेरिकालाई फेरि विश्वकै अग्रणी मुलुक बनाउन उनलाई हराउनु पर्ने उनीहरूको तर्क छ।

ट्रम्पले भने आफूले अमेरिकाको अर्थतन्त्रलाई मजबुद् बनाएको, बेरोजगारी न्यूनमा झारेको, करमा व्यापक कटौती गरेको र चीनलाई सही ठाउँमा ल्याउन खोजिरहेको दाबी गरेका छन्।

अमेरिकामा मतदानको दिनभन्दा पहिला नै भोट हाल्न पाउने ‘अर्ली भोटिङ’को व्यवस्था छ। जसअनुसार अमेरिकामा सोमबारसम्म ९ करोड ५० लाख बढी मानिसहरूले मतदान गरिसकेको समाचार संस्था रोयटर्सले जनाएको छ।

हुलाकबाट मतदान बढेसँगै मतगणना हुन र अन्तिम परिणाम आउन केही दिन लाग्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *